Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


हुम्ला सिमाना अध्ययन विवरण तत्काल सार्वजनिक गर्न माग


0
Shares

congress welcome agreement between dr kc and government

काठमाडौं, असोज ९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्तिमार्फत् हुम्लाको नाम्खामा सीमा अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोली सदरमुकाम सिमीकोट फर्किएको २४ घन्टा पुगिसक्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएकामा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

कांग्रेसले नेपालको सार्वभौमिकता र सीमासम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा अविलम्ब वास्तविक विवरण सार्वजनिक गरेर नेपाली जनतालाई सुसूचित गर्न सरकारसँग माग गरेको छ ।