२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


लागूऔषधसहित दुई जना पक्राउ


0
Shares

रौतहट, असार १८ । प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–८ बाट ना२ह ५३०६ नम्बरको अटोबाट गौरतर्फ लैजाँदै गरेको २० किलो गाँजासहित गौर नगरपालिका–४ गढवाका २२ वर्षीय राकेशकुमार कुसवाहालाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै चन्द्रपुर नगरपालिका– ४ चन्द्रनिगाहपुर चोकबाट गौरबाटै आउँदै गरेको ना४१प ८४७८ नम्बरको मोटरसाइकलमा ३ हजार पिस नाईट्रोभेट ट्याबलेटसहित बृन्दाबन नगरपालिका–६ का १९ वर्षीय शेष अतिकु रहमानलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

यस्तै विभिन्न समयमा बरामद १ हजार लिटर घरेलु मदिरा र नक्कली मह उत्पादन गर्ने सामग्रीसमेत नष्ट गरिएको प्रहरीले जनाएको छ ।