Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


इङ्ल्यान्डलाई पराजित गर्दै अमेरिका महिला विश्वकपको फाइनलमा


0
Shares

काठमाडौं । इङ्ल्यान्डलाई पराजित गर्दै साविक विजेता अमेरिका महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ ।

फ्रान्सको लियोनमा गएराति भएको खेलमा अमेरिकाले इङ्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

निकै रोमाञ्चक खेलको अन्तिममा इङ्यान्डले पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न बाध्य भयो ।

जसका कारण उसले पहिलो पटक विश्वकपको फाइनलमा पुग्ने सपना पुरा गर्न सकेन । अमेरिकाका लागि क्रिस्टियन प्रेस र एलेक्स मोर्गनले गोल गरेका थिए ।

इङ्ल्यान्डका लागि एलेन ह्वाइटले एक गोल गरिन् । खेलको ८४ औं मिनेटमा इङ्ल्यान्डले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा उ हार बेहोर्न बाध्य भयो ।

अब अमेरिकाले उपाधिका लागि नेदरल्याण्ड्स र स्वीडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।