
पोखरा, असार १७ । खानेपानी तथा सफसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत् इन्जिनियर वासी अख्तर मोहम्मद चार लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
रौतहट घर भइ गन्डकी प्रदेशअन्तर्गत्को डिभिजन कार्यालयमा कार्यरत् मोहम्मद मंगलबार रंगेहात समातिएका हुन् ।
स्याङ्जामा निर्माणाधीन खानेपानी आयोजनाको रकम भुक्तानी दिनेबेला आठौं तहका कर्मचारी मोहम्मदले घुस मागेका जनाइएको छ ।
मोहम्मदले घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी पाएपछि टोली डिभिजन कार्यालयमा पुगेको थियो ।
पोखरादेखि गएको अख्तियारको टोलीले मोहम्मदलाई पक्राउ गरी थप अनुसन्धान थालेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्