२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


घरधनीबाट किशोरीको ‘शारीरिक शोषण’


0
Shares

भद्रपुर, असार १७ । झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले  त्रासमा पारी एक वर्षदेखि शारीरिक शोषण गर्दै आएको भनी कानुनी कारबाहीका लागि प्रहरीमा उजुरी दिएकी छन् ।

पीडित किशोरीको परिवार खड्का थरका स्थानीयवासीको पुरानो घरमा भाडामा बस्दै आएको थियो ।

घरधनी खड्काले नै शारीरिक शोषण गरेको भनी दोषी किटान गरेर धुलाबारी इलाका प्रहरी कार्यालयमा गत असार २ गते पीडितले उजुरी दिएको उक्त कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।

अभियुक्त खड्काले असार २ गते साँझ पछिल्लोपटक बलात्कार गरेपछि मेचीनगर–१० स्थित आम्दा अस्पतालनजिकै ती किशोरीलाई सडकमा अलपत्र छाडेका थिए ।

स्थानीयवासीले पीडित किशोरीलाई रुँदै सडकमा बसिरहेको अवस्थामा फेलापारेर प्रहरीलाई बुझाएका थिए ।

अभियुक्त फरार भएकाले खोजतलास तीव्र पारिएको प्रहरी निरीक्षक ठाकुरले बताए ।

पीडित किशोरीले आफूलाई पटक–पटक शारीरिक शोषण गरेपछि खड्काले कतै सुनाएमा मारिदिने धम्की दिँदै आएको बताएकी छन् । रासस