
चितवन । २ सय २० केजी अवैध लागूऔषध गाँजासहित चितवनमा एकजना पक्राउ परेका छन् ।
राप्ती नगरपालिका वडा नम्बर ४ भवानीपुरबाट प्रहरीले २२० केजी गाँजासहित हेटौंडा उपमहानगरपालिका–७ का सौगात श्रेष्ठलाई पक्राउ गरेको हो ।
गाँजा तस्करी भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएकोे टोलीले गएराति ३ बजे उनलाई पक्राउ गरेको हो ।
ना. २ ख २२९५ नम्बरको टिपरमा गाँजा राखेर लैजाँदै गरेको अवस्थामा गाँजासहित टिपरका चालकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्