Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


लाप्चामा नेपाली भूमी अतिक्रमण नगरेको चीनको दाबी


0
Shares

काठमाडौं, असोज ६ । चीनसँगको सीमा क्षेत्र हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको चिनियाँ पक्षले दाबी गरेको छ ।

चीनले नेपाली भूमि मिचेर भवन बनाएको खबर सार्वजनिक भएपछि अध्ययनका लागि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीसँग चिनियाँ सुरक्षाकर्मीहरुले त्यो आफ्नै भूमि भएको दाबी गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिनुभयो ।

आफूहरु भवन बनाएको ठाउँमा पुगेपछि चिनियाँ पक्षले भवन बनेको ठाउँबाट नेपालतर्फ एक किलोमिटर जमिन चीनको रहेको दाबी गर्दै आफूहरुलाई फर्कन भनेका अध्यक्ष तामाङले बताउनुभयो ।

अध्यक्ष तामाङले आफूहरुले १२ नम्बरको पिल्लर देखेको र त्यहाँबाट सिधा हेर्दा भवन बनाएको ठाउँ नेपालको जस्तो देखिने तर ११ नम्बरको पिलर नदेखिएकोले सीमा कसरी कोरिएको छ भन्ने थाहा नभएको बताउनुभयो ।

उहाँले सरकारले नै ११ नम्बरको पिल्लर खोजेर त्यो ठाउँबारे यकिन गर्नुपर्ने बताउनुभयो ।