काठमाडौं । अफ्रिका कप अफ नेसन्स फुटबलमा दावेदार नाईजेरियालाई कमजोर मानिएको माडागास्करले हराएको छ ।
गएराति भएको समूह ‘बी’ को खेलमा माडागास्करले नाईजेरियालाई २–० ले हरायो । यही समूहको अर्को खेलमा गिनियाले बुरुण्डिमाथि २–० को जित निकाल्यो ।
यो समूहबाट ७ अंकसहित माडागास्कर समुह विजेता बन्दा ४ अंक जोडेको नाईजेरिया पनि उपविजेता बन्दै राउण्ड अफ सिक्सटिनमा प्रवेश गर्यो ।
अफ्रिका कप फुटबलकै अर्को खेलमा ईजिप्टले युगाण्डालाई २–० ले हराउँदा प्रजातान्त्रिक गणतन्त्र कंगोले जिम्बाबेलाई ४–० ले पाखा लगायो ।
यो समूहमा ९ अंकसहित ईजिप्ट विजेता बन्दा ४ अंक जोडेको युगाण्डा पनि अर्को चरणमा उक्लियो ।








प्रतिक्रिया दिनुहोस्