Logo ३१ आश्विन २०८३, शनिबार | Sun Oct 18 2026


धान उत्पादन ५ प्रतिशत घट्ने अनुमान


0
Shares

काठमाडौं, असार १६ । समयमै रोपाइँ हुन नसकेकाले यो वर्ष धान उत्पादन घट्ने भएको छ ।

दस दिन ढिलो सुरु मनसुन अझै सक्रिय हुन नसकेको र बजारमा मलसमेत अभाव देखिएकाले करिब ५ प्रतिशत धान उत्पादन घट्ने प्रक्षेपण सरकारले गरेको हो ।

हालसम्म १४.२५ प्रतिशत मात्रै रोपाइँ हुन सकेको छ । ‘धान खेती मनसुनमा आधारित छ, गत वर्ष मनसुनले साथ दिँदा उत्पादन राम्रो भयो, अहिले सामान्य असर परेको देखिन्छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले भने, ‘१० दिन ढिला सुरु भएको मनसुनका कारण यो वर्ष धान उत्पादन घट्ने प्रक्षेपण गरेका छौं ।’ –कान्तिपुर दैनिकबाट

 

Skip This