Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


धादिङमा हिले दौड आयोजना


0
Shares

धादिङ, असार १५ । धादिङमा राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघको आयोजना हिले दौड प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा १८ वर्ष उमेर समूहदेखि ४० वर्ष सम्मका २६ जना महिला र ८७ जना पुरुषले सहभागिता जनाएका थिए ।

खेलमा महिलातर्फ धादिङ नलाङकी सोनी गुरुङ प्रथम, धादिङ धुनीबेसीकी रसिला तामाङ द्वितीय र काठमाडौँ पाटनकी निरजला ताम्राकार तृतीय भएकी छिन् ।

त्यस्तै पुरुषतर्फ भने संखुवासभाका विकास राई प्रथम, कैलालीका किरण मल्ल द्वितीय र नेपालगंजका खिमबहादुर खत्री तृतीय भए ।

प्रतियोगितामा महिला र पुरुषतर्फ नै प्रथम, द्वितीय, र तृतीय हुनेलाई क्रमशः नगद रु. ५० हजार, ३० हजार, २० हजार र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

लोक खेलअन्तर्गत हिले दौडको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको संघका उपाध्यक्ष किरणकुमार श्रेष्ठले बताए ।