Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


भारतलाई ३३८ रनको लक्ष्य दियो इंग्ल्याण्डले


0
Shares

लन्डन, असार १५ । इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेटमा आयोजक इंग्ल्याण्डले भारतलाई ३३८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बर्मिङ्घममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले शानदार ब्याटिङ गर्ने क्रममा ७ विकेटको क्षतिमा ३३७ रन बनायो । जोनी बेयरस्ट्र र जासन रोयले पहिलो विकेटका लागि २२ ओभर १ बलमै १६० रनको उत्कृष्ट साझेदारी गरेका थिए । बेयरस्ट्रले १०९ बलमा १११ तथा रोयले ५७ बलमा ६६ रन बनाए । त्यस्तै, बेन स्टोक्सले ५४ बलमा ७९ रन बनाए ।

कमजोर बलिङ गरेको भारतका लागि मोहम्मद शमीले ५ विकेट लिए । जसप्रित बुमराह र कुलदीप यादवले १/१ विकेट लिए ।

६ खेलबाट ११ अंक जोडेको भारत अंक तालिकाको दोस्रो स्थानमा छ भने ७ खेलबाट ८ अंक जोडेको इंग्ल्याण्ड पाँचौ स्थानमा छ । यो खेल जित्दा भारत दुई खेलअघि नै सेमिफाइनलमा पुग्नेछ । तर इंग्ल्याण्ड पराजित हुँदा भने सेमिफाइनल प्रवेशको सम्भावना लगभग सकिने छ ।

यो खेलपछि अन्तिम खेलमा इंग्ल्याण्डले ११ अंक हासिल गरेको न्यूजिल्याण्डसँग खेल्नुपर्नेछ भने ९ अंकसहित चौथो स्थानमा रहेको पाकिस्तानले अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।

त्यस्तै ७ खेलबाट ७ अंकसहित छैटौं स्थानमा रहेको बंगलादेशले अब भारत र पाकिस्तानसँग खेल्नेछ । इंग्ल्याण्डले भारतसँग हार्दा पाकिस्तान र बंगलादेशमध्ये एक टिम सेमिफाइनलमा पुग्ने सम्भावना हुन्छ । अहिलेसम्म १४ अंकसहित अष्ट्रेलियामात्र सेमिफाइनलमा पुगेको छ ।