काठमाडौं । अघिल्लो साता काठमाडौं भद्रकालीमा युवतीमाथि हातपात गरेकी कथित ‘धर्तीमाता’ विष्णु कुँवरले विगतमा पनि माताको भेषमा विभिन्न व्यक्तिमाथि हातपात गर्दै आएको पाइएको छ ।
बुटवलमा दुई ब्यक्तिलाई धारिलो हतियार प्रहार गरेको आरोपमा कुवँरलाई बुटवल प्रहरीले पक्राउ गरेको थियो । प्रहरी निरीक्षक हेम केसीले कुँवरले दुई ब्यक्तिलाई धारिलो हतियार हानेको भन्दै प्रहरीमा उजुरी परेको पुष्टी गरे ।
गुल्मी, पालुखा स्थायी घर भएकी कुँवर बुटवल कालिकानगर लखनपथ बस्दै आएकी छिन् । प्रहरीका अनुसार उनले बुटवल उपमहानगरपालिका ११ बस्ने झविमाया शिरीष र उनकी छोरी विष्णु थापामाथि धारिलो हतियार प्रहार गरेकी थिइन ।
धारिलो हतियार प्रहारबाट घाइते भएका उनीहरुले प्रहरी समक्ष उजुरी गरेका थिए । पीडितको उजुरीका आधारमा कुँवरलाई पक्राउ गरियो । तर पीडितले नै उजुरी फिर्ता लिएपछि छाडिएको प्रहरीको भनाइ छ ।
प्रहरी निरिक्षक केसीका अनुसार कुवँरविरुद्ध उजुरी पर्नेक्रम पछिल्लो समय ह्वात्तै बढेको बताए । उनका अनुसार माताले कुटेको, निको पार्छु भनेर ठगेको भन्नेजस्ता उजुरी आएका छन् । -नागरिक दैनिकबाट










प्रतिक्रिया दिनुहोस्