काठमाडौं । भेनेजुएलालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ब्राजिलमा आज बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई २–० ले पाखा लगायो । अर्जेन्टिनालाई विजयी गराउन दुबै गोल सर्जियो अगुएरोले गरे ।
अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि आयोजक ब्राजिलसँग खेल्नेछ ।
यसअघि, हिजो भएको पहिलो क्वाटरफाइनलमा पाराग्वेलाई टाई–ब्रेकरमा हराउँदै ब्राजिल सेमिफाइनलमा पुगेको थियो ।
चिली पनि सेमिफाइनलमा
यस्तै, कोलम्बियालाई पाखा लगाउँदै चिली पनि प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
साविक विजेता चिलीले कोलम्बियालाई ‘टाइब्रेकर’मा ५–४ ले हराएको हो ।
चिलीले अब सेमिफाइनलमा उरुग्वे र पेरुबीचको विजेतासँग खेल्नेछ ।








प्रतिक्रिया दिनुहोस्