Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


अल्जेरिया अफ्रिका कप अफ नेसन्स फुटबलको नकआउट चरणमा


0
Shares

ईजिप्ट, असार १३ । सेनेगललाई हराउँदै अल्जेरिया अफ्रिका कप अफ नेसन्स फुटबलको नकआउट चरणमा पुगेको छ ।

ईजिप्टमा जारी प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो खेलमा अल्जेरियाले हिजो सेनेगललाई १–० ले हरायो । खेलमा अल्जेरियालाई विजयी गराउन युसुफ बेलाईलीले ४९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै अल्जेरियाले दुई खेलबाट ६ अंक जोड्यो । समूहमा सेनेगल र केन्याको समान ३–३ अंक भए पनि अन्तिम खेलमा यी दुई टोली भिड्ने भएपछि अल्जेरियाले अन्तिम १६ मा ठाउँ बनाएको हो ।

समूह सी कै अर्को खेलमा गएराति केन्याले तान्जानियालाई ३–२ ले हराएको थियो । उता समूह बी को खेलमा माडागास्करले बुरुण्डीमाथि १–० को कठिन जित निकाल्यो ।