
काठमाडौं । धार्मिक आस्था र विश्वासका लागि भारत अनौठो देश मानिन्छ । धर्ममा कट्टर पनि मानिन्छ । राजस्थानमा यस्तो मन्दिर छ जहाँ मोटरसाइकलको पूजा गरिन्छ ।
मन्दिरमा रोयल इन्फिल्ड बुलेट ३५० को विशेषगरी पूजा हुन्छ । मोटरसाइकल चालक र अन्य मानिसहरु सडक सुरक्षा र यात्राका क्रममा दुर्घटनाबाट जोगिन मोटरसाइकलको पूजा गरेका हुन ।
नेपाल अटोले अनुवाद गरेको समाचार अनुसार राजस्थानको जोधपुरदेखि लगभग ५० किलोमिटर दुरीमा स्थित मन्दिर ओम बन्ना धाम अर्थात बुलेट बाबा मन्दिरको नामले चर्चित रहेको छ ।
राजस्थानको पाली शहरको नजिक चोटिला गाउँमा ठाकुर जोग सिंह राठोडले छोरा ओम सिंह राठोडको नाममा सो मन्दिर बनाएका हुन् ।
लगभग ३० वर्ष अगाडि ओम सिंह राठोडको सडक दुर्घटनामा मृत्यु भएको थियो । रिपोर्ट अनुसार दुर्घटना पछि ओमको लास र बाइक दुबैलाई कस्टडीमा लिइएको थियो ।
तर दोस्रो दिन बाइक पुलिस थानाबाट गायब भएको थियो । बाइकको खोजतलास गर्दा बाइक पुनः दुर्घटना स्थल मै भेटियो । हरेक दिन सो बाइक पुलिस थानामा लगिन्थ्यो र पुनः दुर्घटना स्थल मै भेटिन्थ्यो ।
सो घटनालाई बुझ्नको लागि पुलिसथाना मै बाइकलाई बाँधेर सीसी क्यामेरा जडान गरिएको थियो ।
सीसी क्यामेरा अनुसार सो बाइक आफै स्टार्ट हुन्थ्यो र घटना स्थलमा आफै जान्थ्यो । सो घटनाबाट पुलिस डराएर उक्त बाइक ओमको परिवारलाई नै सुम्पेको थियो ।
राजस्थानमा केटालाई बन्ना भनिन्छ । उक्त घटना पछि ओमको पिताले ओम दुर्घटना भएको स्थानमा ओम बन्ना धाम निर्माण गराएका थिए । जसलाई बुलेट बाबा मन्दिर पनि भनिन्छ ।
प्रतिक्रिया दिनुहोस्