
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएका छन् ।
स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् ।
भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयवासीको भनाइ छ ।
त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पहिरो जाँदा केही घरहरु पुरिएको छ । त्यहाँ मानवीय क्षति नभएको बताइएको छ ।
घटना थाहा हुनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
यता सिन्धुपाल्चोकका प्रहरी डिएसपी प्रकाश सापकोटाले घटनास्थलतर्फ जनपद र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिनुभयो ।
पहिरोस्थल सदरमुकाम चौताराबाट करिब ५० किलोमिटरको दूरीमा पर्छ । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्