Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


न्यूजिल्यान्डले दियो पाकिस्तानलाई २३८ रनको लक्ष्य


0
Shares

काठमाडौं, असार ११ । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले पाकिस्तान र न्यूजिल्यान्ड भिडिरहेका छन् ।

पाकिस्तानले खेल विजयका लागि २३८ रनको चुनौती पाएको छ ।

वर्षाका कारण ४५ मिनेट ढिलो सुरु भएको खेलमा न्यूजिल्यान्डले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरमा ६ विकेटको क्षतिमा २३७ रन बनायो ।

खराब सुरुआत गरे पनि जेम्स निसम र कोलिन डे ग्रान्डहोमले न्यूजिल्यान्डको ब्याटिङ्ग लाइन सम्हालेका थिए ।

८५ रन जोड्दा ५ विकेट गुमाएको न्यूजिल्यान्डलाई छैटौं विकेटका लागि निसम र ग्रान्डहोमले १३२ रनको साझेदारी गरेका थिए । निसमले अविजित रहँदै ९७ तथा ग्रान्डहोमले ६४ रन जोडे ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ तथा मोहम्मद अमिर र शदाब खानले १/१ विकेट लिए ।

६ खेलबाट ११ अंक जोडेको न्यूजिल्यान्ड अंकतालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट ५ अंक जोडेको पाकिस्तान सातौं स्थानमा रहेको छ ।

जितले न्यूजिल्यान्ड सेमिफाइनलमा पुग्ने दोस्रो टिम बन्नेछ भने हारले पाकिस्तानको सेमिफाइनल यात्रा कठिन हुनेछ ।