Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


इटाली र नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा


0
Shares

काठमाडौं । इटाली र नेदरल्याण्ड्स फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराती भएको राउण्ड अफ सिक्सटिनको खेलमा एसियाली प्रतिद्धन्दी चीनलाई २–० ले हराउँदै इटाली क्वाटरफाइनलमा पुगेको हो ।

खेलमा इटालीलाई विजयी गराउन भ्यालेन्टिना गियासिन्टी र अरोरा गालीले एक एक गोल गरिन् । इटालीले अब क्वाटरफाइनलमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।

प्रि–क्वाटरफाइनलकै अर्को खेलमा जापानलाई २–१ ले पाखा लगाउँदै नेदरल्याण्ड्सले इटाली विरुद्धको क्वाटरफाइनल भिडन्त तय गरेको हो ।