
काठमाडौं । अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
६ पटककी विजेता ३८ वर्षे सेरेनाले ३२ वर्षकी बुल्गेरियन खेलाडी स्वेताना पिरोन्कोभालाई पराजित गरेर अन्तिम चारमा स्थान बनाएकी हुन् ।
कीर्तिमानसँग बराबरी गर्न २४ औँ ग्राण्डसलाम उपाधि जित्ने होडमा रहेकी सेरेना पहिलो सेटमा ४–६ ले पछि परे पनि त्यसपछिका दुई सेटमा ६–३ र ६–२ को जित निकाली पिरोन्कोभालाई पराजित गर्न सफल भएकी हुन् ।
सेरेनाले सेमिफाइनलमा पूर्व विश्व नम्बर एक भिक्टोरिया अजारेन्का वा एलिज मर्टेन्ससँग प्रतिस्पर्धा गर्ने छिन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्