Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


प्रिन्स र सावित्रा दोहोरो मनोनयनमा


0
Shares

काठमाडौं, असार १० । यही असार १७ गते काठमाडौंमा आयोजना हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’का लागि चार विधाको मनोनयन सार्वजनिक भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार राजधानीमा उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।

पुरुषमा क्रिकेटबाट पारस खड्का र सोमपाल कामी, पाराग्लाइडिङका युकेश गुरुङ, जुडोका ईन्द्रबहादुर श्रेष्ठ र गल्फका शुक्रबहादुर राई मनोनयनमा परेका छन् ।

महिलामा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ मनोनयनमा परेका छन् ।

त्यस्तै, युवामा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथ्लेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मञ्जलीकुमारी योञ्जन र कराँतेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् ।

प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, एथ्लेटिक्सका धनीराम चौधरी, पाराग्लाइडिङका योगेश भट्टराई, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्का मनोनयनमा परेका छन् ।

‘पिपल्स च्वाइस’ विधामा पर्न सफल प्रिन्स दाहाल युवातर्फ र सावित्रा भण्डारी महिलामा पनि मनोनयनमा परेका हुन् ।

विभिन्न १० विधामा हुने अवार्डअन्तर्गत् पिपल्स च्वाइस, वर्ष उत्कृष्ट खेलाडी पुरुष तथा महिला र वर्ष प्रशिक्षकले एक/एकओटा पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् ।

युवा वर्ष खेलाडी, पारा एथ्लिट, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र टिम अफ दी इयर तथा इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यसैगरी, थुप्रै सहप्रायोजकहरुले पनि पुरस्कारको व्यवस्था गरेको मञ्चले जनाएको छ ।