काठमाडौं, असार ९ । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले अफगानिस्तान र बंगलादेश भिडिरहेका छन् ।
साउथह्याम्पटनमा भइरहेको खेल विजयका लागि अफगानिस्तानले २६३ रनको चुनौती पाएको छ ।
खेलमा बंगलादेशले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरमा ७ विकेटको क्षतिमा २६२ रन बनायो ।
मुस्फिकर रहिमले ८३ तथा शकिब अल हसनले ५१ रन बनाएको इनिङ्समा अफगानिस्तानका मुजिब उर रहमानले ३ तथा गुल्बदिन नैबले २ विकेट लिए ।
तेस्रो जितको खोजीमा रहेको बंगलादेशलाई सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राख्न जित्नैपर्ने दबाब रहेको छ ।
सेमिफाइनल प्रवेशको होडबाट बाहिरिइसकेको अफगानिस्तान सान्त्वना जितको खोजीमा छ ।
६ खेलबाट ५ अंक जोडेको बंगलादेश अंकतालिकाको छैटौं स्थानमा छ । अफगानिस्तान भने अंकविहीन छ ।
अहिलेसम्म अफगानिस्तान र दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिइसकेका छन् ।
६ खेलबाट ११ अंकको न्यूजिल्यान्ड शीर्ष स्थानमा छ । अष्ट्रेलिया, भारत, इंग्ल्यान्ड र श्रीलंका क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्