Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


फ्रान्स र इङ्ल्यान्ड विश्वकप महिला फुटबलको क्वाटरफाइनलमा


0
Shares

काठमाडौं । आयोजक फ्रान्स र इङ्ल्यान्ड विश्वकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको खेलमा क्यामरुनलाई ३–० ले हराउँदै इङ्ल्याण्ड क्वाटरफाइनलमा पुगेको हो ।

इङ्ल्यान्डले अब क्वाटरफाइनलमा अर्को युरोपियन प्रतिद्वन्द्वी नर्वेसँग खेल्नेछ ।

यसैगरी अर्को खेलमा ब्राजिलमाथि २–१ को जित निकाल्दै आयोजक फ्रान्स पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

विश्वकप महिला फुटबलमा आज प्रि–क्वाटरफाइनलमा दुई खेल हुनेछन् । आज स्पेनले अमेरिकासँग खेल्दा स्वीडेन र क्यानडा भिड्नेछन् ।