Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा, कतार पराजित


0
Shares

काठमाडौं । कतारलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा अर्जेन्टिनाले कतारलाई २–० ले पराजित गर्‍यो ।

सुरुवाती दुई खेलमा जित हात पार्न नसेपछि आलोचित अर्जेन्टिनालाई निर्णायक खेलमा विजयी गराउन सर्जियो अग्युरो र लौटारो मार्टिनेजले एक–एक गोल गरे ।

समूह चरणको अर्को खेलमा पाराग्वे पराजित भएसँगै अर्जेन्टिना समूह उपविजेताको रुपमा अन्तिम ८ मा प्रवेश गरेको हो ।

पाराग्वेलाई समूहको अपराजित टोली कोलम्बियाले १–० ले हरायो ।

यो समूहका तीन खेलबाट ९ अंक जोडेको कोलम्बिया समूह विजेताको रुपमा क्वाटरफाईनलमा उक्लियो । अर्जेन्टिनाले अब क्वाटरफाइनलमा भेनेजुयलासँग प्रतिस्पर्धा गर्नेछ ।