
काठमाडौं, भदौ १९ । चन्द्रागिरि नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
नगरपालिका–१४ नैकापस्थित वडा कार्यालयको नजिक निर्माणाधीन युवा क्लबको भवनमा हाइटेन्शन लाइनबाट करेन्ट लागेर २७ वर्षीय सुरेन्द्र महर्जनको शुक्रबार बिहान मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले करेन्ट लागेर गम्भीर घाइते महर्जनको उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलङ्कीमा मृत्यु भएको जानकारी दिनुभयो ।
लाइनमुनि क्लबको भवन बनाइएको थियो ।
स्थानीयवासीले नगरपालिकाको असहमति भएपछि भवन निर्माण रोक्न पहल नगरेर दुर्घटना भएको भन्दै १४ वडाका अध्यक्ष रामहरि बस्नेतको घरमा ढुङ्गामुडा गरेका थिए ।
उक्त ढुङ्गामुडाबाट अध्यक्ष बस्नेतको घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्