Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश–१ र प्रदेश–२ विजयी


0
Shares

कन्चनपुर, असार ७ । कन्चनपुरको महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत् शनिबारका खेलमा प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ विजयी भएका छन् ।

शनिबार भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले ४.२ ओभरमा १ विकेटको क्षतिमा २३ रन बनाएको थियो ।

वर्षाका कारण अवरुद्ध बनेको खेललाई ‘डीएल मेथड’का आधारमा ५ ओभरमा छोट्याइएको थियो ।

२४ रनको विजयी लक्ष्य प्रदेश–१ ले २.१ ओभरमै भेट्टायो ।

प्रदेश–२ ले प्रदेश–३ लाई हरायो

शनिबारै भएको दोस्रो खेलमा प्रदेश–२ ले प्रदेश नम्बर–३ माथि ६ रनको जित हासिल गर्‍यो ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले निर्धारित् २० ओभरमा ७ विकेटको क्षतिमा १०६ रन जोडेको थियो ।

१०७ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको प्रदेश–३ ले १९.४ मा सबै विकेट गुमाउँदै १०० रनमात्र बनाउन सक्यो ।