
-अर्जुन सेन ओली
देशलाई कामदार चाहिएको छ, हामी सल्लाहकार खोजिरहेछौं।
जिम्मेवार पद उभ्याईएको छ, हामी खाटिनातेदार खोजिरहेछौं ।।
जान्ने त आफूमात्र हो अरु सबै,अबुझ अनपढ र लाछी भन्दै
कामैकामको धुरी चुल्याइएको छ, हामी भुत्ते धार खोजिरहेछौं ।।
मानवता लुकेको मान्छेहरु बाटै, मानवताकै आत्मा भरिएको
असंख्य महामानव चाहिएको छ, हामीदुई चार खोजिरहेछौं ।।
सबै जातीभाषा धर्म र वर्णको, मनमोहकयहिफूलवारीमा
सहिष्णुताको वहार छाएको छ, हामी त काटमार खोजिरहेछौं ।।
राम्रो नराम्रो के किन हो पत्तो छैन, आँखा अरुकै भागमा लगाई
उपहार सिङ्गोजीवन पाइएको छ, हामी अपहार खोजिरहेछौं ।।
प्रतिक्रिया दिनुहोस्