२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


इयान मोर्गनको ६६ रनको अर्धशतकीय इनिङ्ससँगै इङ्गल्याण्ड विजयी


0
Shares

काठमाडौं । इङ्गल्याण्ड पाकिस्तानविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा विजयी भएको छ ।

म्यानचेस्टरमा गएराति भएको खेलमा इङ्गल्याण्डले पाकिस्तानलाई ५ विकेटले हराएको हो ।

ओल्ड ट्राफोर्डमा पाकिस्तानले दिएको १ सय ९६ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गरेको हो ।

इंग्ल्यान्डको जितमा कप्तान इयान मोर्गनले ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै डाविड मालनले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । त्यसबाहेक इंग्ल्यान्डका जोनी बेयर्स्टोले ४४ तथा टम बानटनले २० रन बनाए ।

पाकिस्तानका शादब खानले ३ तथा हरिस राउफले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

पाकिस्तानको लागि मोहमद हाफिजले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान बाबर आजमले ५६ रनको इनिङ्स खेले ।

फकर जमानले ३६ रन बनाए । इंग्ल्यान्डका आदील राशिदले २ विकेट लिए । यस्तै क्रिस जोर्डन र टम करणको नाममा १–१ विकेट रह्यो ।

दोस्रो टी–ट्वान्टीमा जित निकालेसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता बनाएको छ ।

दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ । पहिलो खेल भने वर्षाको कारण वासआउट भएको थियो ।