Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


विकास तथा प्रविधि समिति बैठक : सरकारले निर्देशन पालना नगरेको भन्दै ध्यानाकर्षण


0
Shares

काठमाडौं, असार ४ । संघीय संसद्को विकास तथा प्रविधि समितिमा रहेका सांसदहरुले समितिले दिएको निर्देशन पालना नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरुले समितिले दिएको निर्देशन पालना नभएकोतर्फ सभापति कल्याणकुमारी खड्काको ध्यानाकर्षण गराएका छन् । समितिले पटक–पटक निर्देशन दिँदा पनि राष्ट्रिय गौरवका आयोजनाहरु मेलम्ची खानेपानी, हुलाकी सडकलगायतका विभिन्न परियोजनाको काम अलपत्र रहेको उनीहरुको भनाइ थियो ।

सांसदहरुले २०७५ सालको चैतमा मेलम्ची आउँछ भनेर सरकारले विकास समितिलाई ढाँटेको गुनासो गरे । आयोजना गुणस्तरीय नभएको, लागत बढेको र जथाभावी ठेक्का लिने–दिने गरेको भन्दै अनुगमनमा कडाई गर्नु पर्ने उनीहरुको सुझाव थियो ।

सांसद यज्ञ सुनुवार, जिपछिरीङ लामालगायतले विकास तथा प्रविधि समितिले तयार पारेको प्रतिवेदनमा सुझाव दिएका थिए ।