१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


चिकित्सकहरु प्रतीक्षालयमै बसेर बिरामीको उपचार गर्दै


0
Shares

डडेल्धुरा, असार ३ । सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका डडेल्धुरा अस्पतालका चिकित्सकले प्रतीक्षालयबाट सेवा दिन सुरु गरेका छन् ।

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा तोडफोड गरेपछि चिकित्सकहरुले आफूहरु असुरक्षित भएको गुनासो गरेका थिए । ११ जना चिकित्सकले सामूहिक बिदा मागेर अस्पताल बाहिरबाट बिरामीको उपचार सुरु गरेका हुन् ।

आकस्मिकलगायत सबै सेवा ठप्प पारेका चिकित्सकले घटनाको छानबिन गर्न माग गरेका छन् । उनीहरुले बिरामीको मर्कालाई ध्यानमा राखेर अस्पताल बाहिरबाटै सेवा दिने बताएका छन् ।

अस्पतालमा सुरक्षाको प्रत्याभूति नभएसम्म नियमित काममा नफर्कने अडान उनीहरुको छ ।

अमरगढी नगरपालिका–६ की २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १७ दिनपछि रक्तश्राव भएर उपचारका क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालका कर्मचारीलाई ज्यान मार्ने धम्कीसहित अस्पताल तोडफोड गरेका थिए ।