Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


रेलमार्गबारे वार्ता गर्न नेपाली टोली चीनमा


0
Shares

काठमाडौं, असार ३ । काठमाडौं–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी लगायतका विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल सोमबार चीन प्रस्थान गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था सचिव देवेन्द्र कार्की नेतृत्वको नेपाली टोलीमा मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल, रेल विभागका महानिर्देशक बलराम मिश्र, प्रवक्ता अमन चित्रकार तथा अर्थ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि छन् ।

चिनियाँ सरकारको निमन्त्रणामा गएको टोलीले चीनको नेसनल रेल्वे अथोरिटीका पदाधिकारीसँग छलफल गर्ने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीले दिए । –कान्तिपुर दैनिकबाट