
संखुवासभा, भदौ ५ । संखुवासभाको खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा कोरोना संक्रमितलाई राख्न बनाइएको ‘आइसोलेसन सेन्टर’मा स्वास्थ्य सामग्री चोरी हुनुका साथै तोडफोड भएको छ ।
बिहीबार राति अज्ञात समूहले क्यापसमा रहेको आइसोलेसन सेन्टरमा तोडफोड गर्नुका साथै करिब १५ लाख बराबरको स्वास्थ्य सामग्री चोरेको छ ।
सो समूहले आइसोलेसनमा रहेका अक्सिजन मेसिन, अक्सिजन डिभाइडर, पीपीई सेटलगायतका सामग्री चोरी गरेको हो ।
आइसोलेसन सेन्टरका १० बेडमा समेत ताडफोड भएको प्रहरीले जनाएको छ ।
जिल्लामा एक प्रहरीसहित तीनजनामा कोरोना संक्रमण देखिएपछि क्याम्पसमा बनाइएको आइसोलेसन सेन्टरमा उपचार गर्ने निर्णय गरिएको थियो । सो निर्णयको क्याम्पस प्रशासनले विरोध जनाएको थियो ।
चोरी गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्