Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


गुठी विधेयकको टुंगो मन्त्रिपरिषद् बैठकबाट, ‘परिस्थितिलाई भाँड्न खोजियो’ (भिडियो)


0
Shares

काठमाडौं, असार २ । विवादित गुठी विधेयकका सम्बन्धमा मन्त्रिपरिषद्को बैठकबाट टुंगो लगाइने भएको छ ।

उपत्यकाबाट निर्वाचित सत्तारुढ दल नेकपासम्बद्ध जनप्रतिनिधिहरुसँगको सोमबारको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकबाट निर्णय लिने बताएका हुन् ।

विधेयक फिर्ता लिने, स्थगन गर्ने वा संशोधन गर्ने भन्ने विषयमा छलफल भएको छलफलमा सहभागीहरुले बताएका छन् ।

अधिकांश सहभागीहरुले विधेयक फिर्ता लिनुपर्ने सुझाव दिएका थिए ।

सांसद महेश बस्नेतले भने गुठी विधेयकविरुद्ध भइरहेको आन्दोलन सामान्य रहेको भन्दै संशोधनमार्फत् आन्दोलनकारीको माग पूरा गर्नसकिने बताए । परिस्थितिलाई भाँड्न खोजिएको उनको भनाइ छ ।

बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रस्ट धारणा नराखे पनि संशोधन गरेर अघि बढ्नेतर्फ संकेत गरेको बुझिएको छ ।

भिडियो हेर्नुहोस्