Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं, भदौ २ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

काठमाडौंका १३८ जना, ललितपुरका ५० जना र भक्तपुरमा १७ जनामा गरी जम्मा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।