काठमाडौं, असार १ । नेदरल्यान्ड्स र क्यानडा विश्वकप महिला फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
समूहमा लगातार दुई जित हात पार्दै यी दुई टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरेका हुन् । गएराति भएको खेलमा नेदरल्याण्ड्सले क्यानमरुनलाई ३–१ ले हरायो । यही समूहको अर्को खेलमा क्यानडाले न्यूजिल्यान्डलाई २–० ले पाखा लगायो ।
जितसँगै दुवै टोलीले समूहका सुरुवाती दुई खेलबाट ६–६ अंक जोड्दै प्रि–क्वाटरफाइनलमा ठाउँ बनाएका हुन् । समूहका अन्य दुई टोली क्यामरुन र न्यूजिल्याण्ड भने अंकविहीन छन् ।
अन्तिम खेलमा यी दुई टोलीले प्रतिष्ठाको खेल खेल्दा नेदरल्यान्ड्स र क्यानडाले समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् ।








प्रतिक्रिया दिनुहोस्