Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


बजेट खर्च र राजश्व असुली गतवर्षको तुलनामा कमजोर


0
Shares

काठमाडौं, असार १ । दुई तिहाइको बलियो सरकारले सत्ता सञ्चालन गरे पनि बजेट खर्च गर्ने सवालमा सरकार गत वर्षभन्दा कमजोर देखिएको छ ।

बहुमतको स्थिर सरकार बनेका कारण यो वर्ष विकासले गति लिने आम अपेक्षा थियो । तर, बजेटका सबै पक्षमा सरकार गत वर्षभन्दा पनि कमजोर देखिएको हो ।

गत वर्ष जेठसम्म सरकारले चालु पुँजीगत, वित्तीय व्यवस्थापन खर्च र राजस्व असुलीमा जुन गति हासिल गरेको थियो, चालु वर्षमा यी सबै पक्षमा सरकार कमजोर देखिएको हो । 

सरकारी आय र व्ययको लेखा राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार यो वर्ष जेठ ३० गतेसम्म सरकारले पुँजीगत बजेट एक खर्ब ४९अर्ब रुपैयाँ खर्च गरेको छ । गत वर्ष जेठ ३० सम्ममा पुँजीगत खर्च एक खर्ब ५९ अर्ब रुपैयाँ थियो । –नागरिक दैनिकबाट