Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


लिदी पहिरोः राज्यको अक्षम्य गल्ती : कांग्रेस


0
Shares

congress question to primeminister oli on dr kc hunger strike

काठमाडौं, साउन ३१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सिन्धुपाल्चोकको लिदीका जनताको गुहार नसुनेर राज्यले अक्षम्य गल्ती गरेको जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा ‘पहिरोमा जीवन गुमाउन पुगेकाले अघिल्लो सातादेखि नै पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुहार्दापनि उनीहरुलाई सुरक्षित स्थानमा सारेर जोगाउने दायित्व निर्वाह नगर्नु सामान्य हेलचेक्र्याइँमात्रै होइन, राज्यको अक्षम्य गल्ती’ भनिएको छ ।

‘जनताले लिखितरूपमा सरकारलाई गुहार गर्दापनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ?’ कांग्रेसको प्रश्न छ ।

कोरोनाको बढ्दो आक्रमकता र देशका विभिन्न स्थानमा बाढी–पहिरोको निर्मम चोटप्रति गम्भीर तदारुकतासाथ कार्य गर्न सरकारसँगै तीनै तहका सरकारहरुलाई कांग्रेसले अपिलसमेत गरेको छ ।

विज्ञप्ति पढ्नोस्