Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


आधुनिक ओलम्पिकको स्थापनाको अवसरमा साताव्यापी कार्यक्रम सुरु


0
Shares

काठमाडौं, जेठ ३२ । नेपाल ओलम्पिक कमिटीले आधुनिक ओलम्पिकको स्थापनाको अवसरमा साताव्यापी कार्यक्रम सुरु गरेको छ ।

ओलम्पिक कमिटीले ‘ओलम्पिक डे’ अर्थात् आगामी असार ८ गतेसम्म सातै प्रदेशमा ११६ वटा विभिन्न कार्यक्रम गरिने जनाएको छ ।

यसैक्रममा ओलम्पिक कमिटीले आज राजधानीमा साइकल र्‍याली निकालेको छ । ललितपुरको सातदोबाटोस्थित ओलम्पिक भवनबाट काठमाडौंको भृकुटीमण्डपसम्म निकालिएको साइकल र्‍यालीमा करिब ३ सय सहभागी थिए ।

सन् १८९४ जुन २३ मा आधुनिक ओलम्पिक स्थापना भएको थियो । सोही दिनको स्मरणमा विश्वभर जुन २३ तारिखमा ‘ओलम्पिक डे’ मनाउने गरिन्छ । ओलम्पिक कमिटीले ‘ओलम्पिक डे’का दिन असार ८ गते विशेष कार्यक्रम गर्ने जानकारीसमेत दिएको छ ।