Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


कोपा अमेरिका फुटबल : उपाधि दाबेदार ब्राजिलको विजयी सुरुवात


0
Shares

ब्राजिल, जेठ ३२ । उपाधि दाबेदार ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा आज बिहान भएको उद्घाटन खेलमा बोलिभियालाई ३–० गोलअन्तरले पराजित गर्दै ब्राजिलले विजयी सुरुवात गरेको हो ।

ब्राजिललाई जित दिलाउन फिलिपे कौटिन्होले दुई गोल गरे । यस्तै एभर्टनले एक गोल थपे ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा ब्राजिलले तीन गोल गरेको हो । चोटका कारण स्टार स्ट्राइकर नेयमारविनै मैदानमा उत्रिएको ब्राजिलका लागि ५० औं मिनेटमा कौटिन्होको पेनाल्टीमार्फत् अग्रता दिलाएका थिए । खेलको ५३ औं मिनेटमा कौटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा एभर्टनले गोल गर्दै ब्राजिललाई ३–० को जित दिलाए ।

जितसँगै समूह ‘ए’ को ब्राजिलले ३ अंक जोडेको छ । बोलिभियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । प्रतियोगितामा एसियाका दुई आमन्त्रित टिम जापान र कतारसहित १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।