फ्रान्स, जेठ ३२ । इंग्ल्यान्ड र इटाली महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् ।
फ्रान्समा जारी महिला विश्वकपमा समूह चरणअन्तर्गत गएराति भएका खेलमा जित निकाल्दै दुवै टिमले नकआउट चरणमा स्थान बनाएका हुन् । समूह ‘डी’ को खेलमा इंग्ल्यान्डले अर्जेन्टिनालाई १–० ले हरायो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा इंग्ल्याण्डका लागि ६१ औँ मिनेटमा जोडी टाइलरले गोल गरिन् ।
समूह ‘डी’ अन्तर्गत नै भएको खेलमा जापानले स्कटल्याण्डलाई २–१ ले हरायो । चार अंकसहित जापान समूहको दोस्रो स्थानमा छ ।
यस्तै समूह ‘सी’ बाट इटालीले अन्तिम १६ मा स्थान पक्का गरेको छ । गएराति नै भएको खेलमा उसले जमैकालाई ५–० ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेको इटालीले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।
उसका लागि क्रिस्टिएना गिरेलीले ह्याट्रिक गरिन् । यस्तै एउरोरा गालीले दुई गोल गरेर टिमलाई ५–० को जित दिलाएकी हुन् ।
लगातार दुई जित निकालेको इटालीको ६ अंक भएको छ । तीन अंकसहित ब्राजिल दोस्रो स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्