Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


आयोजक इंग्ल्यान्डले वेस्ट इन्डिजलाई २१२ रनमा रोक्यो


0
Shares

काठमाडौं, जेठ ३१ । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजविरुद्धको खेल जित्न आयोजक इंग्ल्यान्डले २१३ रनको सामान्य चुनौती पाएको छ ।

साउथह्याम्पटनमा जारी खेलमा टस हारेर वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ४४ ओभर ४ बलमा ‘अलआउट’ हुनुपूर्व २१२ रन बनायो ।

वेस्ट इन्डिजका लागि निकोलस पुरनले सर्वाधिक ६३ रन जोडे । त्यसैगरी, सिम्रोन हेटमायरले ३९ तथा क्रिस गेलले ३६ रन बनाए ।

इंग्ल्यान्डका मार्क उड र जोफ्रा आर्चरले समान ३/३ विकेट लिँदा जो रुटले २ विकेट झारे ।

तीन खेलबाट ४ अंक जोडेको इंग्ल्यान्ड तालिकाको चौथो स्थानमा छ भने समान खेलबाट ३ अंक जोडेको वेस्ट इन्डिज छैटौं स्थानमा छ ।

प्रतियोगिताका खेलहरु लगातार वर्षाले अवरुद्ध हुँदा सेमिफाइनल समीकरण नै प्रभावित हुनसक्ने देखिएको छ । अहिलेसम्म कीर्तिमानी चार खेल वर्षाले गर्दा रद्द भएका छन् ।

१० टोली सहभागी विश्वकपमा भारत र न्यूजिल्यान्डमात्र अपराजित छन् । चार खेलबाट ७ अंक जोडेको न्यूजिल्यान्ड शीर्ष स्थानमा छ भने तीन खेलबाट ५ अंकको भारत तेस्रो स्थानमा छ । चार खेलबाट ६ अंक जोडेको अष्ट्रेलिया तालिकाको दोस्रो स्थानमा छ ।