Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


पल्सर स्पोर्ट्स अवार्डका लागि पत्रकार मञ्च र डिसहोमबीच सहप्रायोजन सम्झौता


0
Shares

काठमाडौं, जेठ ३१ । आउँदो असार १७ गते काठमाडौंमा आयोजना हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले डिस मिडिया नेटवर्क लिमिटेडसँग सहप्रायोजन सम्झौता गरेको छ ।

मञ्चले डिसहोमसँग ११ लाख रुपैयाँ बराबरको सम्झौता नवीकरण गरेको हो ।

शुक्रबार राजधानीम आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

डिसहोमले अवार्डका लागि सात लाख रुपैयाँ नगद र चार लाख रुपैयाँ बराबरको डिसहोमको सामग्री उपलब्ध गराउनेछ ।

अवार्ड विजेतालाई डिसहोमको सेटअप बक्स र दुई वर्षको रिचार्ज निःशुल्क गरिनेछ ।

यस्तै, मनोनयनमा पर्ने खेलाडीले डिसहोमको सेटअप बक्स र एक वर्षको रिचार्ज निःशुल्क पाउनेछन् ।

त्यस्तै, अवार्डको नाम ‘बजाज पल्सर स्पोर्ट्स अवार्ड इन एसोसियसन विथ डिसहोम एक्सन स्पोर्ट्स’ हुनेछ ।

विभिन्न १० विधामा हुने पुरस्कारअन्तर्गत् पिपल्स च्वाइस, वर्षको उत्कृष्ट खेलाडी पुरुष तथा महिला र वर्ष प्रशिक्षकले एक/एकओटा पल्सर मोटरसाइकल पाउनेछन् ।

यस्तै, युवा वर्ष खेलाडी, पारा एथ्लिट, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र टिम अफ दी इयर तथा इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।