१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


नेपालमा दैनिक ‘५० युनिट रगतको अभाव’


0
Shares

काठमाडौं, जेठ ३१ । ‘सुरक्षित रगत सबैका लागि’ भन्ने मूल नाराका साथ विश्व रक्तदाता दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

दिवसका अवसरमा राजधानीमा ब्लड डोनर्स एसोसिएसनले आयोजना गरेको एक कार्यक्रमका सहभागी विशेषज्ञहरुले एक व्यक्तिको शरीरमा खेर जाने रगतले अर्को व्यक्तिको जीवन जोगाउनसक्ने भएकाले सबै स्वस्थ व्यक्तिले हरेक ६/६ महिनामा रक्तदान गर्न सुझाव दिए ।

केन्द्रीय रक्तसन्चार सेवाको तथ्यांकमा नेपालमा दैनिक ५० युनिट रगतको अभाव देखिन्छ । नेपालका ७७ जिल्लाबाट १०५ केन्द्रमार्फत् रगत वितरण हुँदै आइरहेको छ ।

मानिसको रक्तसमूह पत्ता लगाउने चिकित्सक काल ल्यान्डस्टिनरको जन्मदिन पारेर सन् २००४ देखि नै हरेक वर्ष विश्वभर रक्तदाता दिवस मनाइने गरिन्छ ।