१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


विश्व रक्तदाता दिवस मनाइदैं


0
Shares

काठमाडौं, जेठ ३१ । ‘सुरक्षित रगत सबैका लागि’ भन्ने मूल नाराका साथ विश्व रक्तदाता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

बजारमा रगतको अभाव हुन नदिन रक्तदान गरौं भन्ने सन्देशसहित स्वास्थ्यसँग सम्बन्धित विभिन्न संघ–संस्थाले संयुक्त रुपमा रक्तदाता दिवस मनाएका हुन् । काठमाडौंमा भएको कार्यक्रममा ब्लड डोनर्स एसोसियसनले पछिल्लो समयमा अस्पतालमा रगतको अभाव देखिन थालेको भन्दै नियमित रक्तदान गर्न आह्वान गरेको छ ।

रक्तदान गर्नु जीवन दान गर्नुसरह भएको भन्दै रक्तदान गर्दा कुनै बेफाइदा नहुने एसोसिएसनले प्रष्ट पारेको छ । अहिले पनि झन्डै २ लाख नेपालीले नियमित रक्तदान गर्ने गरेका छन् । स्वस्थ मानिसले प्रत्येक तीन महिनामा रक्तदान गर्न मिल्ने चिकित्सकहरुले बताएका छन् ।