काठमाडौं, जेठ ३० । संघीय संसद, प्रदेशसभा र स्थानीय तहमा गरी झन्डै चार दर्जन स्थानमा जनप्रतिनिधिको स्थान खाली भएपनि उपनिर्वाचन कहिले हुने भन्ने टुंगो छैन ।
निर्वाचन आयोगले उपनिर्वाचन गराउन सरकारको निर्णय पर्खेर बसेको जनाएको छ ।
बिहीबार हामीसित कुरा गर्दै आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले सरकारले मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको काम अघि बढाउने बताए ।
‘निर्वाचन आयोगले उपनिर्वाचनको लागि प्रारम्भिक तयारीका कामहरु गरिराखेको छ’–उनले भने–‘सरकारबाट उपनिर्वाचन गराउनका लागि अनुरोध भएर आइसकेपछि उपनिर्वाचन गराउने काम हुन्छ ।’
संघीय संसदमा एक, प्रदेशसभामा तीन, स्थानीय तहका प्रमुखहरु चार र वडाध्यक्ष ३८ जनाको स्थान खाली भएको छ ।









प्रतिक्रिया दिनुहोस्