 
	    काठमाडौं । इंग्लीश फुटबल क्लब म्यान्चेस्टर युनाइटेड र इटालीको इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएको क्वाटरफाइनल खेलमा डेनमार्कको एफसी कोपनहेगनलाई १–० ले हराउँदै म्यान्चेस्टर युनाइटेड सेमिफाइनलमा पुगेको हो ।
म्यान्चेस्टरका लागि ब्रुनो फर्नान्डेजले अतिरिक्त समयमा निर्णायक गोल गरे । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा फर्नान्डेजले पेनाल्टीमार्फत उक्त गोल गरेका हुन् ।
गएराति नै भएको अर्को खेलमा जर्मनीको बायर लिभरकुजेनलाई २–१ ले हराउँदै इन्टर मिलान पनि अन्तिम चारमा प्रवेश गर्यो ।
खेलमा इन्टरलाई विजयी गराउन रोमेलु लुकाकु र निकोलो बारेलाले एक एक गोल गरे । लिभरकुजेनका काई हाभर्ट्जले एक गोल फर्काए ।
यो खेलमा गोल गरेका बेल्जीयन खेलाडी लुकाकुले युरोपा लिगमा लगातार ९ खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन् । एजेन्सी


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्