३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


भारतीय महिलालाई सामूहिक बलात्कारपछि जिउँदै जलाइयो


0
Shares

काठमाडौं, असार ३१ । भारतको उत्तर प्रदेशमा एक महिलालाई सामूहिक बलात्कारपछी जिउँदै जलाईएको छ ।

उत्तर प्रदेशको संभल जिल्लास्थित आफना दुई सन्तानका साथमा घरमै सुतिरहेको अवस्थामा पाँच जनाले सामूहिक बलात्कार गरेका थिए ।

बलात्कारपछी महिलालाई घरमै छोडेर गएका उनीहरु फेरी फर्केर आई नजिकैको मन्दिरमा लगी जिउँदै जलाएका हुन् ।

बलात्कारपछी भारतको हेल्प लाइनमा महिलाले फोन गर्दा पनि समयमा प्रहरीले मद्दत नगरेको उनका पतिको आरोप छ ।

घटना हुँदा उनका पति कामको सिलसिलामा घरबाट टाढा रहेको जनाइएको छ । (एजेन्सी)