२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


भारतीय पाँच हकी खेलाडीमा कोरोना संक्रमण


0
Shares

काठमाडौं । भारतीय पाँच हकी खेलाडीमा कोरोना संक्रमण भएको छ ।

कप्तान मनप्रीत सिंह सहित ५ खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित हुनेहरुमा कप्तान मनप्रीत सिंह, सुरेन्द्र कुमार, जसकरन सिंह, वरुण कुमार र कृष्णबी पाठक रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एक महिनाको विश्रामपछि बेङगलुरुमा प्रशिक्षणमा फर्कने क्रममा गरिएको परीक्षणमा नेगेटिभ आएको थियो ।

संक्रमित खेलाडीको संखया बढ्न सक्ने स्पोर्ट्स अथरिटी अफ इन्डिया एसएआईले जनाएको छ ।

एस एआईका अनुसार मनप्रित र सुरेन्द्र कुमारमा कोरोनाको लक्षण देखिएपछि अन्य खेलाडीहरुकोे पुनः कोरोना परीक्षण गरिएको छ ।

कोरोना महामारीका कारण भारतमा खेलाडीको प्रशिक्षण प्रभावित भएको छ ।