
-प्रदिप पौडेल/ईमेज
पोखरा । पोखरामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।
पोखराको उत्तम चोकमा प्रहरीको गोली लागेर गोविन्द थापा घाइते भएका छन् ।
लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको प्रहरीले दाबी गरेको छ ।
लागूऔषध लिएर हिंडेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ ।
खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्