काठमाडौं । युरोकप फुटबल छनोटमा गएराति फ्रान्स, जर्मनी, ईटाली र बेल्जियम विजयी भएका छन् ।
समूह ‘एच’ को खेलमा विश्व विजेता फ्रान्सले एन्डोरालाई ४–० ले हराउँदा आईसल्याण्डले टर्कीलाई २–१ ले तथा अल्बानियाले माल्दोभालाई २–० ले पराजित गरे ।
समुह ‘सी’ को खेलमा जर्मनीले ईस्टोनियामाथि ८ गोल वर्षाउँदा नर्दन आयरल्याण्डले बेलारुसलाई १–० ले हरायो ।
समूह ‘ई’ का खेलमा हंगेरीले वेल्सलाई १–० ले तथा स्लोभाकियाले अजरबैजानलाई ५–१ ले पराजित गरे ।
युरोकप फुटबल छनोटअन्तर्गत समूह ‘जी’ को खेलमा ईटालीले बोस्निया हर्जगोभिनालाई २–१ ले हरायो ।
यही समूहका अन्य खेलहरुमा अर्मेनियाले ग्रिसलाई ३–२ ले हराउँदा फिनल्याण्डले लिचेस्टाईनलाई २–० ले हराएको छ ।
उता, समुह ‘आई’ को खेलमा बेल्जियमले स्कटल्याण्डलाई ३–० ले पराजित गरेको छ ।
बेल्जियमका लागि रोमेलु लुकाकुले दुई गोल गर्दा केभिन डे ब्रायनले एक गोल थपे ।
समुह ‘आई’ कै अन्य खेलमा काजखस्तानले सान मारिनोलाई ४–० ले हराउँदा रुसले साईप्रसमाथि १–० को जित निकाल्यो ।








प्रतिक्रिया दिनुहोस्