Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


भारतलाई झड्का, शिखर धवनले खेल गुमाउने


0
Shares

काठमाडौं, जेठ २८ । भारतीय ओपनिङ ब्याट्सम्यान शिखर धवनले इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटका कम्तीमा दुई खेल गुमाउने भएका छन् ।

अष्ट्रेलियाविरुद्धको खेलकाक्रममा औंला भाँचिएपछि उनले कम्तीमा दुई खेल गुमाउने भएका हुन् ।

सो खेलमा धवनले ११७ रन बनाएका थिए ।

चोट लागेपछि उनी फिल्डिङ गर्नसमेत मैदानमा आएका थिएनन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)काअनुसार धवनले बिहीबार हुने न्यूजिल्यान्डविरुद्ध र असार १ गते हुने पाकिस्तानविरुद्धको अहं खेल खेल्न पाउने छैनन् ।

धवनको स्थान ऋषभ पन्त वा अम्बाती रायडूले लिनसक्ने बताइएपनि बीबीसीआईले निर्णय गरेको छैन । श्रेयस अथ्यरको नाम पनि आइरहेको छ ।

भारतले अहिलेसम्म खेलेका दुवै खेल जितेको छ । दुवै खेलमा ओपनिङ जोडीले शतक बनाएको थियो । पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराउँदा रोहित शर्माले १२२ रन बनाएका थिए ।